सन्दीपविरुद्ध प्रहरीले थाल्यो अनुसन्धान

छिनोफानो   बुधबार २२, भदौ २०७९ ०१:५८

 जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको जनाएको छ । परिसरले बुधबार विज्ञप्ति निकालेर लामिछानेविरुद्ध १७ वर्षीया बालिकालाई बलात्कार गरेको किटानी उजुरी परेको जनाएको हो ।

जाहेरी परे लगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर ९ओसीएमसी० मा बालिकाको स्वास्थ्य परीक्षण गराइएको जानकारी दिएको काठमाडौं प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछानेले मिति २०७९र०५र०५ गते काठमाडौं र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाडौँ ल्याई रातको अं। २३ः५५ बजे का।जि।का।म।न।पा। ९ स्थित एक होटलको कोठा नं। ३०५ मा मिति २०७९र०५र०६ गते रातको अं। ००ः२५ बजे पटक पटक जबरजस्ती करणी गरेकोलगायत उल्लेख गरी मिति २०७९ भदौं २१ गते प्रहरी बृत्त, गौशालामा जाहेरी परेको छ ।’
अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु