राष्ट्रिय एच.आई.भी तथा एड्स महासंघ नेपाल द्धारा कैलालीमा समुदाय नेतृत्वमा आधारित अनुगमन  समुह गठन

छिनोफानो   शनिबार २५, भदौ २०७९ ०१:२२

राष्ट्रिय एच.आई.भी तथा एड्स महासंघ नेपालले कैलालीमा  आयोजनामा समुदाय नेतृत्वमा आधारित अनुगमन (सि.एल.एम) समुह गठन गरेको छ । महासंघले जिल्लाका सरोकारवाला निकाएसंग एच.आई.भी संक्रमितका जिवन गुणस्तरमा सुधार ल्याउनका समुदाय नेतृत्वमा आधारित अनुगमन  (सि.एल.एम) समूह गठन गरेको हो । 

धनगढीमा आयोजित एक कार्यक्रमका बिच महासंघले जिल्ला समन्वय समिती प्रमुख पदम बहादुर कलेल को अध्यक्षतामा एघार सदस्य समिती गठन गरेको हो । महासंघले जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय ,सेती प्रादेशिक अस्पताल ,जिल्ला स्वास्थ कार्यालय ,सम्बन्धीत स्थानीय पालिका प्रतिनिधी ,सुदरपश्चिम समाज (एम.एस.एम. टीजी) ,एन.ए.पिएन,नवजिवन एकता समाज, एन.एन.एस ड्ब्लु.ए ,गोदावरी प्लस प्रतिनिधी लाई  समितीमा समिती म चयन गरेको हो  ।

   
एच.आई.भी एड्स संक्रमितका समस्या समाधानका लगाएत एच.आई.भी सम्बन्धी सेवाहरुको गुणस्तरमा सुधार गरि संक्रमितका जिवन गुणस्तरमा सुधार ल्याउनका लागि मार्ग तयार पार्न महासंघले  समिती तयार गरेको हो । 
कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख पदम बहादुर कलेल,धनगढी उपमहानगरपालिका की नगर प्रमुख कन्दकला राना , स्वास्थ कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामी  ,जिल्ला प्रहरी कार्यालय कैलालीकि महिला तथा बालबालिका साखा प्रमुख प्रहरी निरीक्षक सरस्वती अधिकारी ,सेती ए.आर.टि प्रतिनिधी लोकराज पनेरु, सेती अस्पतालका प्रतिनिधि , जिल्ला प्रशासन कार्यालय प्रतिनिधि , जिल्ला प्लस प्रतिनिधि  लगाएत अन्य संघ सस्था तथा सरोकारवाला निकाएको उपस्थिती रहेको थियो ।
महासंघले पहिलो दिन प्रदेश स्तरीय अभिमुखिकरण बैठक र दोस्रो दिन सि एल एम समुह गठन गरेको हो । कार्यक्रम सञ्चालनमा एन.ए.पि.एन का सुदूरपश्चिम प्रदेश सुपर भाईजर हेमन्तराज ओझा र कैलाली जिल्ला फोकल व्यक्ती सिता ढुङ्गानाले सहकार्य गर्नु भएको हो । 
राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल  ले सन् २०२२ जुलाइ देखि २०२२ सेप्टेम्बर सम्मको लागि युएनएड्स को आर्थिक सहयोग र नेपाल सरकारसँगको सहकार्यमा समुदायको नेतृत्वमा आधारित अनुगमन परियोजना सञ्चालन गरिरहेको छ  हाल यो परियोजना नेपालको ७ वटै प्रदेशमा १४ वटा जिल्लाहरुबाट कार्यक्रम शुरुवात गर्न गइरहेको छ ।

१४ वटा जिल्लाहरुमध्ये राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल द्वारा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको ६ वटा जिल्लाहरु दाङ, रुपन्देही, सुर्खेट, कालिकोट, कैलाली र अछाम मा पहिलो पटक प्रदेश स्तरीय र जिल्ला स्तरीय सरकोरवाला सरकारी, गैरसरकारी संघसंस्थाहरु, अस्पताल, एआरटी सेन्टर, एच। आई भी संक्रमित र लक्षित समुहहरुसंग ऋीः परियोजना अभिमुखीकरण बैठक संचालन गर्न गइरहेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु