दार्चुला बाढी-पहिरो अपडेट : मृतक पाँच जनाको सनाखत, सात जना अझै बेपत्ता

छिनोफानो   शनिबार २५, भदौ २०७९ ०६:१२

दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन् । बाढी पहिरोमा परी सातजना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका(२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली(३ डुङरीकी ३५ वर्षीया मानमति कार्की तथा नौगाड गाउँपालिका(१ की ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड(२ का ४५ वर्षीय मोहनराम पार्की छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु