कैलालीमा भारतबाट चोरी गरि ल्याइएको ८ लाख भारतिय रुपैयाँ फेला

छिनोफानो   मङ्गलबार २८, भदौ २०७९ ०७:०३

कैलाली प्रहरीले  स्रोत नखुलेको ८ लाख भारतिय रुपैयाँ फेला पारेकोको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१८ फूलबारी क्षेत्रका ३२ वर्षीया हिरा विकको घरमा ८ लाख भारतीय रुपैयाँ फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घरभित्र गहुँ राख्ने भकारीभित्र ८ लाख भारतिय रुपैयाँ लुकाएर राखिएको अवस्थामा फेला परेको हो ।

उक्त रकम भारतबाट चोरी गरि ल्याइएको   प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बिक फरार रहेको र उनको खोजी कार्य भईरहेको  प्रहरीले बताए छ ।

विकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार विक केहीदिन अघि भारतको मुम्बईबाट नेपाल फर्किको थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु