आजको मौसम : कुनकुन प्रदेशमा छ वर्षा को सम्भावना

छिनोफानो   बुधबार २९, भदौ २०७९ ११:११

आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज (बुधबार) दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको छ । राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु