आज प्रतिनिधि सभाको बैठक बस्दै

छिनोफानो   बुधबार २९, भदौ २०७९ ११:१७

संघीय संसद प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक दिउसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम तथ्यांक सम्बन्धी कानुनलाई संशोधन र एकीकरण बनेको विधेयक, स्टान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेकी हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु