नुवाकोटमा मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

छिनोफानो   बुधबार २९, भदौ २०७९ ११:२४

नुवाकोटको बेलकोटगढी नगरपालिका-७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लागिएको छ ।

गए राति महादेवफाँटस्थित बा २० च ९४४२ नम्बरको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई मिनी ट्रकले ठक्कर दिएको जनाइएको छ । ठक्करबाट बेलकोटगढी -७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै निधन भएको र सोही स्थानका ४८ वर्षीय राजेन्द्र राई गम्भीर घाइते भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।
मिनीट्रक चालकको लापरबाहीबाट दुर्घटना भएको जनाउँदै पीडित परिवारसहित स्थानीयवासीले शव उठाउन अस्वीकार गरेका छन् । उनीहरूले घटनास्थलमा बसेर रातिदेखि सुरु गरेको विरोध प्रदर्शन अहिलेसम्म कायम छ ।
ठक्कर दिने बा ३ ख १६४ नम्बरको मिनीट्रक घटनापछि भाग्ने क्रममा स्थानीयवासीले बेलकोटगढी(५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका छन् । चालकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख पण्डितले जानकारी दिए ।
ृरण्दुर्घटनापछि फरार भएको मिनीट्रकलाई रोक्न बेवास्था गरेको जनाउँदै स्थानीयवासीले प्रहरी चौकी तारुकाको देवीघाट(गल्छी सडकखण्डमा रहेको प्रहरी युनिटमा समेत क्षति पुर्‍याउने प्रयास गरेका थिए । घटनापछि गल्छी रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको देवीघाट(गल्छी सडकखण्ड पूणर्रूपमा अवरुद्ध छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु