अपाङ्गताको सवालहरुमा नेत्रहीन युवा संघ नेपालको निर्वाचन कार्यालय लगाएत दलहरुलाई ज्ञापनपत्र

छिनोफानो   बिहिबार ३०, भदौ २०७९ ०२:५४

नेत्रहीन युवा संघ नेपालले कैलालीमा अपाङ्गता भएको व्यक्तिहरुको उम्मेदवारी सुनिश्चितता र अन्य अपाङ्गताको सवालहरुमा  निर्वाचन कार्यालय लगाएत प्रमुख चार दललाई ज्ञापनपत्र बुझाएका छन् ।

बुधवार नेत्रहीन युवा संघ नेपाल कैलालीले यहि मंसिर ४ गते हुन गईरहको प्रदेश र संघिय प्रतिनिधि सभा निर्वाचनमा, निर्वाचन कार्यालय लगाएत दलहरुल गर्नेे चुनावी गतिविधी अपाङ्ग मैत्री हुनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् । 

जिल्लाका प्रमुख दल नेकपा एमाले ,नेकपा माओवादी केन्द्र ,नेकपा एकिकृत समाजवादी , नेपाली कांग्रेस लगाएतका दलहरुलाई ज्ञापत्र बुझाएको नेत्रहीन युवा संघ नेपाल कैलालीका अध्यक्ष अर्जुन रावलले बातउनु भएको छ ।

उनले सरकारले संविधानमा अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न अधिकार उल्लेख गरेपनि त्यसको कार्यानयनमा सरकार उदासिन रहेको बताउनु भयो । उनले भने ,प्रत्यक नागरिक लाई मतदान गर्ने अधिकार छ तर अधिकार मात्रै भएर पुग्दैन निर्वाचनमा दलहरुले गर्ने गतिविधी अपाङ्ग मैत्री हुन जरुरी छ ,उनले थपे , अहिले सम्म का दलहरुका घोषणपत्र  अपाङ्ग मैत्री भएनन्  यस को कार्यानयन का लागि यथा सिघ्र अपाङ्ग मैत्री निर्वाचन को अभ्यास हुन जरुरी छ । साथै संघका माग सम्बोधनका लागि   निवार्चन कार्यालय लगाएत सबै दलहरुले सकरात्मक भुमिका को आश्वासन दिएको रावलले बताए । 

यस्तो छ  नेत्रहीन युवा संघ नेपालले  निर्वाचन कार्यालय लगाएत प्रमुख चार दललाई बुझाइको ज्ञापन पत्र  


प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु