सुदूरपश्चिम सरकारका २ राज्यमन्त्री फेरिए

छिनोफानो   शुक्रबार ३१, भदौ २०७९ ०७:५०

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले २ जना राज्यमन्त्री परिवर्तन गरेका  छन्। शुक्रबार प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एकीकृत समाजवादीका २  सांसदलाई मन्त्री नियुक्त गरेर पद तथा गोपनियताको सपथ गराएका हुन् । प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको हो ।  सुदूरपश्चिम सरकारले  आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोढारीलाई पठाएको हो।यसैगरि  भौतिक पूर्वाधार राज्यमन्त्री रहेका कुलविर चौधरी लाई एमाले प्रवेश गरेपछि राज्यमन्त्री बाट हटाईएको थियो  । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु