अछामको विभिन्न ठाउँमा पहिरोमा पुरिएका १२ जनाको शव फेला

छिनोफानो   शनिबार ०१, असोज २०७९ ११:१०

अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको शव फेला परेको छ। 

कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।  

यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २र२ जनाको शव फेला परेको उनले बताए। अन्य ३ शव जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएको अवस्थामा फेला परेको र बेपत्ताको खोजी कार्य भइरहेको, थप विवरण आउन बाँकी रहेको उनले बताए। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु