अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ जना वेपत्ता

छिनोफानो   शनिबार ०१, असोज २०७९ ११:४८

अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । पहिरोमा परि वेपत्ता भएका ३४ जना मध्ये १४ जनाको शव फेला परेका जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी दिपेश रिजालले जानकारी दिए । 
वेपत्ता मध्ये ११ जनाको उद्दार गरिएको छ भने ९ जना अझै बेपत्ता रहेको उनले बताए । शुक्रबार राती आएको अविरल बर्षाका कारण अछाममा ठुलो क्षती भएको उनल बताए । 
उनका अनुसार कमलबजार नगरपालिका वडा नम्बर ६ मा पहिरोमा परेका १४ जना मध्ये ४ जनाको शव फेला परेको छ । त्यस्तै ७ जनाको उद्दार गरिएको र ३ जना अझै वेपत्ता रहेको र खोजिकार्य भइरहेको छ । वडा नम्बर ८ मा ५ जनाको शव फेला परेको छ भने एक जनाको उद्दार गरिएको छ रिजालल बताए । 
त्यस्तै तुर्माखादी गाउँपालिकामा पहिरोमा परेका ९ जना मध्ये ४ जनाको शव फेला परेको र ५ जनाको खोजि भइरेको रिजालल बताए । ढकारी गाउँपालिकामा एक जनाको शव फेला एक जना वेपत्त र ३ जनाको उद्दार गरिएको उनले बताए । 
जिल्ला भरी १४÷१५ घर भन्दा बढी पहिरोमा परेको र एकिन विवरण आउन बाँकी रहेको उनले बताए ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु