धनगढीमा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल

छिनोफानो   आइतबार ०२, असोज २०७९ १२:५१

कैलाली आएर अनसन बसेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ। गत सोमबारदेखि धनगढीमा २०औं पटकको अनशन बसेका केसीको अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। हाल उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। 

अस्पतालले केसीको टाउको दुख्ने, रिंगटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरको मांशपेशी दुख्ने, मुटुको धड्कन बढ्नेदेखि पाँचौ दिनसम्ममा २ केजी तौल घटेको जानकारी गराएको छ। 

‘शरिरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोश हुन सक्ने, कम्पन हुन सक्ने ९सिजर०, रोगसँग लड्न सक्ने क्षमता कम भई विभिन्न संक्रमण हुनसक्ने, मुटुको धड्कन, स्वासप्रश्वास र रक्तचाप गडबढ भई अंग र प्रणाली खराबी हुनसक्ने वा ज्यान जोखिममा पर्न सक्ने’ अस्पतालले जारी विज्ञप्तिमा उल्लेख छ। केसीको हाल अस्पतालमा चिकित्सकहरुको उच्च निगरानीमा राखी उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु