कञ्चनपुरमा भेटिएका तीन शवको पहिचान नखुल्दा डीएनए परीक्षण हुने

  सोमबार ०३, असोज २०७९ ०१:००

कञ्चनपुरमा आइतबार भेटिएका तीन शवको डीएनए परीक्षण हुने भएको छ। लालझाडी गाउँपालिका–१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका–१० को दोदा नदी नजिकै मृत भेटिएका ३ जनाको डीएनए परीक्षण हुने भएको हो। 

शवहरुको पहिचान खुल्न नसकेपछि डीएनए परीक्षणको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। चिकित्सकको टोली घटनास्थलमा रहेको र डीएनए संकलनको काम भइरहेको र नमूना काठमाडौँमा रहेको प्रहरी विधी विज्ञान प्रयोगशालाम पठाइने बताइएको छ।

प्रहरीका अनुसार स्थानीय र जनप्रतिनिधिको रहोभरमा डीएनए संकलनको कार्य भइरहेको छ। ती शवमा एक शव महिलाको रहेको अनुमान प्रहरीको छ। 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु