राष्ट्रिय एकता अहिलेको प्रमुख आवश्कता : मुख्यमन्त्री भट्ट

छिनोफानो   सोमबार ०३, असोज २०७९ ०२:३७

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय एकता अहिलेको प्रमुख आवश्कता  रहेको  बताउनुभएको छ । सोमबार धनगढीमा आयोजित संविधान दिवस २०७९  कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले उक्त कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री  भट्टले नयाँ व्यवस्था संगै सरकार नयाँ स्वरुपमा अगाडी बढेकाले नागरिकहरुले नया व्यवस्था बाट बढी अपेक्षा राखेको र जनताको बलिदानी बाट आएको व्यवस्थामा यो स्वभाविक रहेकोे बताए । नेपाली जनताले पटक पटक गर्दैआएका जनआन्दोलन तथा सशस्त्र सङ्घर्ष प्राप्त यो अधिकार भएको  उनले बताए ।  सङ्घर्षका क्रममा नागरिकले चाहेका कुराहरु संविधान मा उल्लेख भएकाले संविधानको पूर्ण कार्यान्वयन हुन जरुरी रहेको उनले बताए । त्यसैले संविधान दिवस मनाउने क्रममा हामिले संविधानको कार्यान्वयनमा भएका त्रुटी सच्याउदै आगामी दिन मा जनअपेक्षा अनुसार तीन तहकै सरकारले यसको कार्यान्वयन का लागि प्रणलिनु पर्ने उनको भनाई थियो ।
साथै उनले संविधानको प्रभावकारी कार्यान्वयन नभएका कारण संघियता माथि नागरिहरुले प्रश्न गर्न थालेको बताए । उनले भने एक व्यवस्थामा रमाई रहेकाहरुले यसको बिरोध गर्नु स्वभाविक हो तर नागरिकहरुमा संविधानको प्रभावकारी कार्यान्वयन गरि व्यवस्थाको मुल प्रभाव देखाउन राष्ट्रिय ,एकता अहिलेको प्रमुख आवश्कता रहेको मुख्यमन्त्री भट्टको भनाई थियो । 
साथै मुख्यमन्त्री  भट्टले सङ्घीय लोकतन्त्रको संस्थागत विकास, राष्ट्रियताको रक्षा, प्रदेशको समग्र विकास गर्नेतर्फ मन, वचन र कर्मका साथ प्रदेश सरकार समर्पित रहेको अवगत गराउदै सम्पुर्ण प्रदेश वासीहरु लाई संविधान दिवसको शुभकामना व्यक्त गर्नु भएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु