अनशनरत डा. केसीद्धारा काठमाडौँ जान अस्वीकार

छिनोफानो   मङ्गलबार ०४, असोज २०७९ ०४:२४

चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सात वटा माग राखेर धनगढीको कृष्ण मन्दिरमाबाट आमरण अनसन सुरु गरेर हाल सेती प्रादेशीक अस्पतालमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौँ जान अस्वीकार गरेका छन् । विगत नौ दिनदेखि अनसन बसेका कारण स्वास्थ्यमा झन् समस्या आउन थालेपछि डा. केसीलाई सोमबार दिउँसो २ बजे नेपाली सेनाको स्काइ ट्रक मार्फत सरकार पक्षले काठमाडौँ लैजाने प्रयास गरे पनि उनले जान अस्वीकार गरेका हुन् । 

त्यहाँ स्थित डा. हरूका अनुसार केसीले माग पुरा नहुन्जेल सेती अस्पतालबाट न बाहिरिने अडान लिएपछि अस्पताल प्रशासन तथा अन्य सरकारी डाक्टरहरूको टोली डा. केसीलाई काठमाडौँ जान फकाउँदै थालेका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु