डा. केसीले काठमाडौं जान नमानेपछि स्काइट्रक फिर्ता

छिनोफानो   मङ्गलबार ०४, असोज २०७९ ०५:३८

अनशनतर डा. गोविन्द केसीलाई काठमाडौँ लैजान धनगढी आएको स्काइट्रक फिर्ता भएको छ । स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले केसीलाई काठमाडौँ लैजान मंगलबार दिउँसो नेपाली सेनाको स्काइट्रक धनगढी पठाएको थियो ।

नौ दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सात वटा माग राखेर धनगढीमा आमरण अनसनमा बसेका डा. गोविन्द केसीलाई काठमाडौँ लैजाने तयारी थियो । तर डा.  केसीले काठमाडौँ नजाने अडान गरेपछि स्काइट्रक काठमाडौँ फिर्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

केसीको स्वास्थ्यमा जटिल खालको समस्या देखिएपछि स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले काठमाडौँ लैजाने तयारी गरे पनि केसी काठमाडौँ जान नमानेको डा केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए । यता डा. गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि सेती अञ्चल अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिइसकेको छ । 

अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशङ्का गरिएको पनि अस्पतालले जनाएको छ । गत सोमबारदेखि धनगढीमा २०औँ पटकको अनशन बसेका केसीको अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु