पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिए

छिनोफानो   मङ्गलबार ०४, असोज २०७९ ०६:२२

नेपालमा पछिल्लो चौबिस घण्टामा  ७४ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो ।

सो अवधिमा पीसीआर विधिबाट १ हजार ५३५ र एन्टीजेन विधिबाट १ हजार ९७७ जनाको कोरोना परीक्षण गरिएको थियो । बितेको चौबिस घण्टामा १६० जना कोरोना भाइरस संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६१९ रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु