आफ्नै खर्चमा काठमाडौं गए अनशनरत डा. गोविन्द केसी

छिनोफानो   बुधबार ०५, असोज २०७९ ०५:५६

अनशनतर डा. गोविन्द केसी आज आफ्नै खर्चमा काठमाडौं गएका छन । उनका दुइजना सहयोगी डाक्टर र उनि तिनै जना आज निजि खर्चमा काठमाडौं गएका हुन । 
डा. केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि थप उपचारको लागि काठमाडौं लगिएको अस्पताल प्रशासनले जनाएको छ । 
भदौ २६ गतेदेखि धजगढी स्थित कृष्ण मन्दिरबाट २० औं आनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई तेस्रो दिनदेखि नै सेती प्रादेशीक अस्पतालमा राखिएको थियो । डा. केसी आज आफ्नै खर्चमा काठमाडौं गएका हनु । 
डा. केसीको स्वास्थ्य परिक्षण गर्दा रक्तचाप कम हुदै गएको मुटुको धड्कनमा गडबडी आएको र अक्सिजनको मात्र कमि भएको कारण उहाँको थप उपचारको लागि हामी सबैले पहल गरेर काठमाडौं पठाएको उनको उपचारमा खटिएका डा. शेर बहादुर कमरले बताए ।
डा. केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल प्रशासनले २ दिन पहिले नै अन्यत्र सार्न भनि सूचना निकालेको थियो । मंगलबार नै लौजाने तयारी गरिएको थियो, तर डा. केसीले आफु नजाने र जवरजस्ति नगर्न आग्रह गरेपछि उलनाई लैजान आएको स्काइ ट्रक धनगढी विमास्थलबाट फिर्ता गरिएको थियो ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु