कैलालीमा श्रीमतीको हत्या गरी फरार युवक पक्राउ

छिनोफानो   बिहिबार ०६, असोज २०७९ १०:२५

कैलालीमा आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका यसवक पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ५ मा श्रीमानले श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका थिए।

वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो। आज हत्या गरी फरार रहेका उनलाई गाउँबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

उनले आफ्नी श्रीमतीको हत्या र आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएका थिए। लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु