अत्तरिया अस्पतालले गर्यो दुरविन प्रविधिबाट एपेण्डिक्सको सफल अप्रेशन

छिनोफानो   बिहिबार ०६, असोज २०७९ ०१:५७

अत्तरिया –  कैलालीको अत्तरिया रहेको अत्तरियामा पहिलो पटक दुरविन प्रविधिबाट एपेण्डिक्सको सफल अप्रेशन गरिएको छ । अत्तरिया अस्पतालले  १४ वर्षिय बालक युवराज कार्कीको दुरबिन प्रविधिबाट सफल अप्रेशन गरेको हो ।

एक्कासी पेट दुखेर अस्पताल आएका कार्कीलाई चेकजाँच गर्दा पेटमा एपेन्डिक्स देखिदाँ उनको दुरविन प्रविधिबाट सफल अप्रेशन गरिएको अस्पतालका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा.  पारस पन्तले बताए । उनले अप्रेशन पछि विरामी निको भएर डिस्चार्ज भैसकेको बताए । दुरविन प्रविधिले अप्रेशन गर्दा विरामीहरुलाई दुखाई कम हुने, घाउ सानो हुने तथा पुरै पेटमा अरु ठाउँमा पनि केही रोगहरु छ की भन्ने विषयमा पनि जानकारी राख्न सकिने डा. पन्तले बताए ।

अस्पतालमा अहिले दुरविन प्रविधिबाट पित्तथैली र एपेण्डिक्सको अप्रेशन गरिरहेको र हर्निया र युरोसम्बन्धी अप्रेशनहरु पनि गरिने उनले बताए । विरामीहरुको रोजाईको आधारमा चिरेर या दुरविन प्रविधि दुवै माध्यमबाट अप्रेशनहरु गरीने उनले बताए । उनले पछिल्लो समय विरामीहरुले दुरविन प्रविधिलाई रोज्ने गरेको पनि बताए ।

‘प्रविधिको जमाना छ, परम्परागत शैलीमा चिरेर अप्रेशन गर्दा घाउ ठुलो हुने र दुखाई पनि बढी हुने भएकाले अहिले बिरामीहरुले दुरविन प्रविधि नै प्रयोग गर्न खोज्छन’ उनले भने ‘दुरविन प्रविधिले बिरामीहरुलाई दुखाई कम गर्छ भने धेरै दिन अस्पतालमा बसीराख्नुपर्ने समस्या पनि हुदैन ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु