त्रिनगर नाकामा कैलाली ट्राफिकद्धारा अटो पार्किङमा कडाइ

छिनोफानो   बिहिबार ०६, असोज २०७९ ०७:०८

कञ्चनपुर र कैलालीको सिमाना त्रिनगर भन्सार नाकामा पर्ने डोके बजारमा रहेको अव्यवस्थित आटो तथा इ–रिक्सा पार्किङमा कडाइ गरिएको छ । जथाभावी सडकमै अटो तथा इ–रिक्सा पार्किङ गर्दा दुर्घटनाको समस्या बढ्ने भएकाले व्यवस्थापनमा कडाइ गरिएको जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख वकिल बहादुर सिंहले बताए । 
ट्राफिक प्रमुख वकिलसहितको टोली डोके बजार पुगेर अटो तथा इ–रिक्सा चालकलाई सम्झाउले र अटेरी गर्नेलाई कार्वाही गरि पार्किङ व्यवस्थापनमा कडाई  गरिएको हो । अबदेखि सडकमा एक लाइन मात्र पार्किङ गरिने छ भने इ–रिक्सा ३ वटा मात्र पार्किङमा राखिने छन । 
सबैलाई आ–आफ्नो पालोमा मात्र सडमा पार्किङ गर्ने र यात्रु खोज्न ट्राफिक प्रहरीले निर्देशन दिएको छ । डोके बजार निकै अव्यवस्थित भएको र जथामावी पार्किङ गरिदा दुर्घटनामोे जोखिम बढेकोले कडा नियम लगाएर व्यवस्थित गरिन लागेको प्रमुख वकिल बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु