एभिन्युज सुदूरपश्चिम व्युरो प्रमुख बि.क सम्मानित

छिनोफानो   बिहिबार ०६, असोज २०७९ ०९:४०

एभिन्युज टेलिभिजन   सुदूरपश्चिम व्युरो प्रमुख हरिश बिक सम्मानित भएका छन । बिहीबार रोटरी इन्टरनेशनल डिस्टिक ३२९२ नेपाल-भुटानले काठमाडौंको होटल हयात प्लेसमा आयोजित कार्यक्रममा पत्रकार बिकलाइ सम्मान गरेको हो । उनी रोटरी  जोर्नो अवार्ड बाट सम्मानित भएका हुन । 
लामो समयदेखि जनताको पक्षका सकृय रुपमा कलम चलाउदै आएको भन्दै कार्यक्रमका प्रमुख अथिती अनिरुद्र रोयचौधरीले उनलाई  नगद तथा प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन । झन्डै डेढ दशक देखि सकृय पत्रकारिता गर्दै आएका बिक प्रिर्न्ट मिडिया  हुँदै एभिन्युज टेलिभिजन , न्यूज २४ टेलिभिजनमा लामो समय काम गरेको अनुभव रहेको छ । बिगत १२ बर्ष देखि एभिन्युजमा काम गर्दै आइरहेका उनि हाल एभिन्युज टेलिभिजनको सुदुरपश्चिम व्युरो प्रमुखको जिम्मेवारी समाल्दै आइरहेका छ्न । सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै यस अघि समेत पत्रकार बिक पटक पटक सम्मानित हुँदै आएका छन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु