भौतिक पूर्वाधारमन्त्री सोडारीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

छिनोफानो   शुक्रबार ०७, असोज २०७९ ०३:११

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । कैलालीको धनगढी– ९ स्थित शिव माविमा उनले राहत शिक्षकका रूपमा काम गरेकी थिइन् ।

बोर्ड अफ सेकेन्डरी इजुकेसन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सोडारीले जागिर खाएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु