दशैंको मुखमा पर्वको हर्ष त्यागि भारत पस्दै सुदूरपश्चिमेली

दिर्घ शाही   शुक्रबार ०७, असोज २०७९ ०६:२५

नेपालीहरुको महानपर्व बिजया दशमी नजिकीदै गर्दा रोजगारीका लागि भारत जानेको सख्यामा कमि आएको छैन । स्वदेशमै रोजगारी नहुदा सुदूरपश्चिमेलीहरु पर्वको हर्ष त्यागि भारत जान बाध्य छन् । 
नेपालीहरुको महान पर्व विजया दशमी तथा दिपावली नजिकिदै गर्दा कैलालीको त्रिनगर भन्सार नाकाबाट रोजगारीका लागि भारतका विभिन्न शहर जानेको लर्काे रोकिएकोे छैन । त्रिनगर भन्सार नाकाबाट दैनिक एक सय देखि एक सय ५० जना भन्दा बढी नेपाली रोजगारीको शिलशिलामा भारत पसिरहेका छन ।
नेपालमा रोजगारीको स्रोत नभएपछि सुदूरपश्चिमेली दशैको मुखमा विदेशिन बाध्य छन । कोहि परिवारसंग हासी खुसी दशै तिहार मनाउन घर फर्किदै छन भने कोहि घर परिवारको परिस्थिति नाजुक भएर मनमा पीडा बोकि प्रदेशिन बाध्यता छ । 
सुदूरपश्चिमका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत नै हो । कोरोना महामारीको बेला होस या कुनै चाड पर्व नै किननहोस त्रिनगर भन्सार नाकाबाट भारत जानेको संख्यामा कहिल्यै कमि आएन । प्रदेश सरकारले सुदूरपश्चिमका नागरिकले भारतमा रोजगारीको लागि जानु पर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गरेको झण्डै ५ बर्ष वित्न लाग्यो । तर सुदूरपश्चिममा न कुनै उद्योग धन्दा कलकारखाना खुले न कसैले नै रोजगारी पाए । 
अधिकांश नेपाली दशै तिहारको लागि घर फर्किने भएकाले भारतमा सजिलै रोजगारी पाउने आशले पनि यो समयमा भारत जानेको संख्या बढीरहेको हो । भन्सार नाकामा खटिएका नेपाल प्रहरीका अनुसार रोजगारीमा भारतका विभिन्न ठाउँमा जानेहरुमा अधिकांश पुरुष रहेका छन ।
दैनिक एक सय भन्दा बढी पुरुष रोजगारीका लागि भारत गइरहेका छन । वेरोजगारीको पीडा र परिवारको अवस्थाका कारण आफु भारत जानु पर्ने बाध्यता रहेको कैलालीका युवा दिनेश विष्टले बताए । प्रदेश सरकारले आफ्ना प्रत्यक भाषणमा नेपालमै रोजगारीको सिर्जना गर्ने दावी गरेको भएपनि कार्यान्वयन हुन नसक्दा नागरिकले भारतमा समस्या भोग्न परेको छ । 
उनले भने ‘देश संघिय प्रणलीमा गयो । तीन तहका सरकार बन्ने भए अब त हामीले रोजगारी पाउँछौ कि भन्ने आशा थियो तर त्यो आशा पनि मरेर गयो । प्रदेश सरकार आएको पनि ५ बर्ष हुन लाग्यो सुदूरपश्चिममा एक जनाले पनि रोजगारी पाएका छैनन ।’
त्यस्तै उनिसंगै भारत जान लागेका आर्का युवाले जोडे प्रदेश सरकारका मुख्यमन्त्री पनि कुनै दिन भारतमै रोजगारी गरेर परिवार पालेका मान्छे हुन । उहाँले त हाम्रो पीडा बुझ्नु हुन्छ होला भन्ने आशा गरेका थियौ । तर, हामीले सोचे जस्तो भएन ।  
विभिन्न सार्वजनिक कार्यक्रममा आफु भारतमा रोजगारी गरेर आएको र भारतमा बस्ने नेपालीको पीडा कस्तो हुन्छ भनी भोगेको बताउने मुख्यमन्त्री त्रिलोचन भट्टको कार्यकाल सकिन पनि अब केहि महिना मात्र बाँकी छ । तर उनले बोलेका कुरा कार्यान्वयन हुन सकेनन् । 
२०७५ साल बैशाख १२ गते धनगढीमा सुदुरपश्चिमेली नेपाली समाजको प्रथम महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले स्वदेशमा विभिन्न क्षेत्रमा युवा शक्तिलाई परिचालन गरेर रोजगारी दिईने बताएका थिए ।
मुख्यमन्त्री भट्टले त्यती बेला भनेका थिए ‘१४ वर्षको कलिलै उमेरमा १४–१५ वर्ष भारतमा चौकीदारी गरेको  सम्झना छ । अहिले शासन फेरिएको छ, सत्ता फेरिएको छ । धेरै गर्न नसकेपनि युवाले अव भारत जानु पर्दैन नेपालमै काम गर्ने बाताबरण सिर्जना गर्छु ।’ तर, रोजगारीका लागि भारतका विभिन्न शहरका गल्लीम अझै नेपाली भौतारि रहेका छन । 
मुख्यमन्त्रीको कार्यकाल कार्यकाल पुरा हुन लाग्यो तर उनले बोलेका कुरा अझै पुरा हुन सकेनन् । रोजगारी लाई प्रत्यक चुनावी घोषणा पत्रमा समावेश गरेपनि सुदुरपश्चिममा बेरोजगारीको समस्या यथावत छ । याहाँका नागरिकलाई पर्व को हर्ष भन्दा भोकले मर्ने पिडा छ । 
भारत जान सिमा नाकामा पुगेका सबै नागरिकको एउटै आवाज थियो । दशैको मुखमा विदेशिन कसलाई पो रहर हुन्छ र ? हाम्रो पीडा बुझि दिने को नै छर ? मैले दशैको टिका लगाउन घरमै बस्ने हो भने मेरो घरको चुलो बल्दै । साहुले घाटी अठ्याउछ । पसलेले उधारो दिन छोड्छ । कापी कलम नभएर छोरा छोरी विद्यालय जान बन्द हुन्छन । परिवारको दुख भन्दा ठुलो चाड पर्व होइन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु