चितवनमा पोल्ट्रीजन्य बस्तुहरु ओसारपसार गर्ने चालकहरुलाइ ट्राफिक  सचेतना कार्याक्रम सम्पन्न

छिनोफानो   शुक्रबार ०७, असोज २०७९ ०७:१८

चितवनमा पोल्ट्रीजन्य बस्तुहरु ओसारपसार गर्ने सवारी साधनका चालकहरुलाइ  ट्राफिक नियम सम्बन्धि  सचेतना कार्याक्रम सम्पन्न भएको छ । 
 एनिमल नेपालको आयोजना र नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघ चितवन को समन्वयमा पोल्ट्रीजन्य बस्तुहरु ओसारपसार गर्ने सवारी साधनका चालकहरुलाइ पशु कल्याण तथा ट्राफिक सचेतना सम्बन्धि  कार्यक्रम नेपाल कुखुरा व्यवसायी मञ्च भरतपुर को सभा कक्षमा सम्पन्न भएको हो । 


कार्यक्रम को पहिलो सत्र मा एनिमल नेपाल तथा पशु कल्याण बारे सँस्था कि कार्यक्रम सयोजक सुमेधा गौतम ले जानकारी गराउनु भएको थियो ।

दोश्रो सत्रमा भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चितवनका डा। प्रभात न्यौपानेले पशुपन्छी ढुवानी गर्दा अपनाउनु  पर्ने सजकता र  नीति नियम का बारेमा आफ्नो प्रस्तुती राखनु भएको थियो ।

यस्तै तेस्रो सत्रमा जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी निरीक्षक श्री धर्म बहादुर अधिकारी पशुपन्छी ढुवानी गर्दा पालना गर्नु पर्ने नियम तथा ट्राफिक नियम उल्लंघन गरेमा भोग्नु पर्ने दण्ड सजाय तथा जरिवाना सम्बन्धि प्रशिक्षण दिनुभएको एनिमल नेपाल का सुपरभाईजर देव उपाध्याय बताए ।साथै उनले मासु प्रयोजन का लागि खासगरी ब्रोइलर कुखुरा तथा लोकल कुखुरा लाई मात्र प्रयोग गरिनु पर्नेमा हाल अण्डा उत्पादन गर्ने कुखुरा लाई समेत मासु प्रयोजन को लागि लोकल कुखुरा भन्दै बजार मा बिक्री बितरण भैरहेको पाइएको छ जुन कानुन बिपरित भएको  बताए  ।

 कार्यक्रममा चितवन जिल्लामा रहेका  जम्मा २२ जना सवारी चालकहरुको सहभागिता रहेको थियो । 
कार्यक्रम प्रशिक्षण भन्दा पनि छलफलमा बढी केन्द्रीत रहेको थियो । जसमा सवारी चालकहरुले पन्छी ढुवानी गर्दा आइपर्ने समस्या तथा चुनौतीहरु धेरै भएको र ती समस्या समाधान गर्नमा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका साथै ट्राफिक प्रहरी को मुख्य भुमिका रहने बताए । 

एनिमल नेपाल सङ्ग सहकार्य गरिरहेको सस्था युथ क्लब नारायणगढ का प्रतिनिधि रामचन्द्र आचार्य ले कार्यक्रम लाई अझ रोचक बनाउनु भएको थियो । कार्यक्रम मा  एनिमल नेपाल का सुपरभाईजर देव उपाध्याय का साथै फिल्ड अफिसर सुदिप आचार्य को पनि सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु