आजको मौसमः सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना

छिनोफानो   शनिबार ०८, असोज २०७९ १२:२५

काठमाडौं–  आज पनि मौसममा बदली आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसममा सामान्यदेखि पूर्णरुपमा बदली हुने सम्भावना रहेको छ। यसको प्रभाव देशैभर पर्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार लम्बिनी प्रदेश, गण्डकी प्रदेश,  र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा  मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो भने देशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ। बागमती ,गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु