डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै

छिनोफानो   शनिबार ०८, असोज २०७९ ०१:१३

काठमाडौँ–  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाए ।

उनका अनुसार हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ । इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा. केसीले अस्वीकार गरिरहेको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

डा. केसीको दिसामा रगत देखिने समस्या देखिएपछि अस्पतालमा भर्ना गरेपछि अहिले भने दिसामा रगतको देखा नपरेको अस्पतालले जनाएको छ । स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै विगत ११ दिनदेखि कैलालीको धनगढीबाट अनशन सुरु गर्नुभएका डा. केसीको दिसामा रगत देखापरेको लगायतका समस्या उत्पन्न भएपछि यही असोज ६ गते बेलुका अस्पतालमा भर्ना गरिएको हो ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु