संगम सोसाईटीको आयोजनामा रामलिला ज्ञान महोत्सव हुने

छिनोफानो   शनिबार ०८, असोज २०७९ ०३:२३

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा श्री रामलिला ज्ञान महोत्सव २०७९ हुने भएको छ । यहि असोज १३ गतेबाट ज्ञान महोत्सव हुने आयोजक संगम सोसाईटीले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 
महोत्सवमा एक लाख भन्दा बढी दर्शक भक्तजनहरुको सहभागिता हुने आयोजकले दावी गरेको छ । यो कार्यक्रममा सबै वर्गका मानिसले सहभागि हुन पाउने छन । 
यस कार्यक्रबाट समाजमा सकारात्मक विचारको पैदा गर्ने र मानिसलाई मानविय ज्ञानवान चरित्रवान बन्नमा सहयोग हुने आयोजकले बनाएको छ ।  कार्यक्रको अनुमानित खर्च १२ लाख ६३ हजार राखिएको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु