नेपाल टेलिकमले ल्यायो दसैँ अफर

  शनिबार ०८, असोज २०७९ ०४:०१

नेपाल टेलिकमले आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दसैँ अफर उपलब्ध गराउने भएको छ। यी अफरहरू दसैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ। 

डाटा प्याक अन्तर्गत रु २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ। त्यसै गरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु ४९ मा उपलब्ध हुनेछ। यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिन्छ।  

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रूपमा डाटा प्याक उपलब्ध गराइने छ। रु २०० देखि रु ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ। यसै गरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निःशुल्क भ्वाइस ओभर एलटीई सेवा पनि उपलब्ध गराइएको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु