धनगढीमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने

छिनोफानो   शनिबार ०८, असोज २०७९ ०५:५२

धनगढीमा  नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिका १३ स्थीत राजपूरमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयको आयोजनामा ४ दिने नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
प्रादेशिक आयुर्वेद चिकित्सालयले राजपूरमा आफ्नै नवनिर्मीत भवनमा असोज ११ गतेदेखि १४ गते सम्म शिविर .सञ्चालन हुने चिकित्सालयका निमित्त निर्देशक खगेन्द्र बहादुर बम ले जानकारी दिए । उनले ११ गतेदेखि निरन्तर ओपीडि सेवा संचालन हुनु का साथै  बाथ रोग, ग्यास्ट्रिक, कलेजो सम्बन्धी रोगहरु मधुमेह उच्च रक्त चाप, स्त्री रोग, छाला सम्बन्धी रोग, पिसाब सम्बन्धी रोगहरु ,फिस्टुला लगायतका रोगको आयुर्वेद पदत्ती बाट निशुल्क उपचार हुने बताए । 
त्यस्तै, निशुल्क ल्याव सेवा, निशुल्क औषधी वितरण र योग सेवाको पनि व्यवस्था रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयले जनाएको छ । चिकित्सालयले विहान १० बजेदेखि २ बजेसम्म  पूर्जा काट्ने समय तोकेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु