केआइसिंह राजमार्ग अवरुद्ध

छिनोफानो   आइतबार ०९, असोज २०७९ ०२:३३

लगातारको बर्षाका कारण खसेको पहिरोले केआइसिंह राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । आइतबार बिहान खसेको पहिरोले डडेल्धुरा–डोटी जोड्ने सो राजमार्ग अवरुद्ध  भएको हो । राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन बीच बाटोमै रोकिएका छन् । 
यस्तै भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको साहुखर्कमा पनि पहिरो खसेको छ । माथिबाट खसेको पहिरोले आधा सडकमा अवरोध गरेपछि अहिले एकतर्फी रुपमा सवारी गुडीरहेका प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु