कैलालीमा निवार्चन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

छिनोफानो   आइतबार ०९, असोज २०७९ ०५:५२

कैलालीमा निवार्चन लाई स्वच्छ निष्पक्ष भयमुक्त रुपपमा सम्पन्न गर्न सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आईतवार जिल्ला को धनगढी स्थिीत विकास र सामाजिक परिवर्तनका लागि सञ्चार (एफएमडिसि) को आयोजना र ओपन सोसाईटी फाउण्डेसनको सहयोगमा कार्याक्रम सम्पन्न भएको हो । 


कार्यक्रममा प्रदेश निर्वाचन कार्यलयका प्रमुख प्रम भट्टले निर्वाचन आचार सहिता का बारेमा प्रशिक्षण दिनु भएको हो । प्रशिक्षण मा भट्टले निर्वाचनलाई  स्वच्छ निष्पक्ष भयमुक्तरुपपमा सम्पन्न गर्न  राजनितीक दलहरु, नागरिक समाज र सुरक्षा निकाय ले नैतिवान भुमिका खेल्नु पर्ने बताउनु भएको छ । उनले निर्वाचनमा हुने गतिविधीमा दलहरुले आचार संहिता पालना को सवालमा अग्रगामि भुमिका खेल्नु पर्ने बताए ।


यस्तै कार्यक्रममा उपस्थित राजनितीक दलहरुका प्रतिनीधीले निर्वाचनका बेला आचार संहिताको पालनामा हुने समस्या र त्यसको समाधान का बिषयमा छलफल गरिएको हो ।


जिल्ला प्रशासन कार्यालय कैलाली का प्रमुख जिल्ला अधिकारी  किरण थापा को प्रमुख आथित्यता रहेको अन्तरक्रिया कार्यक्रममा  सबै राजनितिक दल , सुरक्षा निकाय , पत्रकार तथा अन्य संघ सस्थाका प्रमुख हरुले निवार्चन लाई स्वच्छ निष्पक्ष भयमुक्त रुपपमा सम्पन्न गर्न प्रतिबद्धता सहित हस्ताक्षर गरेको विकास र सामाजिक परिवर्तनका लागि सञ्चार (एफएमडिसि) प्रमुख उमिद बागचन ले बताउनु भएको छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु