धनगढीको मन्त्री गिज्याउने सडक

छिनोफानो   आइतबार ०९, असोज २०७९ ०६:३०

सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयको गेट अगाडि जोडिएको सडक हिलाम्मे भएर प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको छ । पटक पटक मन्त्री फेरिए पनि सडकको अवस्था नफेरिनु लज्जाको विषय बनेको छ ।

धनगढी बजार क्षेत्रमा रहेको मुख्य सडकबाट शाखा सडकसम्म जोड्ने ५०० मिटर बाटो बर्षामा हिलाम्य र हिउदमा धुलाम्मय हुने गर्दछ । यो सडक थुप्रै सरकारी कार्यालयले प्रयोग गर्ने गरे पनि मर्मतमा भने कसैले चासो देखाएका छैनन । सुदुरपश्चिम प्रदेश सरकार गठन भएपछि ४ जना सामाजिक बिकास मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त भए । यी सवै मन्त्रीले यही सडक भएर कार्यालय आवत जावत गरे । तर दैनिक आवतजावत गर्ने जीर्ण सडकले मन्त्रीको ध्यान तान्न सकेन । यस सडकमा दैनिक सवारी साधन फस्ने र आवात जावत गर्ने नागरिहरुलाई चोट लागने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । 

यो सडकमा सामाजिक विकास मन्त्रालय मात्र होइन,प्रदेश स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्र, नापी कार्यालय, मालपोत कार्यालय, सेती प्रादेशिक अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, वडा प्रहरी कार्यालय लगायतका सरकारी कार्यालय जोडिएका छन् । मन्त्री जस्तै यही सडक प्रयोग गरेर यी सरकारी कार्यालयमा प्रमुखहरु हिड्ने गर्दछन् । तर हिलाम्य यो सडकले कसैको ध्यान खिच्न नसक्नु लज्जाको विषय बनेको छ ।

प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी बजार क्षेत्रभित्रका अन्य सडकहरुको अवस्था पनि निकै दयनीय छ । दैनिक मन्त्रीले आवत जावत गर्ने ५०० मिटरको सडक समेत वर्षै देखि मर्मत हुँदैन भने नगरका सडकले कहिले मुहार फर्ने , जनतामा आशाको त्यान्द्रो समेत मेटिएको छ ।


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु