कैलालीमा सशस्त्र प्रहरीद्धारा १८ लाखको अवैध सामान बरामद

छिनोफानो   सोमबार १०, असोज २०७९ १२:४३

धनगढी– कैलालीमा सशस्त्र प्रहरीले १८ लाख बढीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेक्वा कैलालीबाट खटिएको गस्ती टोलिले एक बोलेरो जीपसहित १८ लाख २२ हजार ९ सय ४० रुपैयाँ बराबारको सामान बरामद गरेको हो।

जिल्लाका विभिन्न इलाकाबाट अवैध रुपमा भन्सार छलि नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेक्वा कैलालीले जनाएको छ। सशस्त्रले नियन्त्रणमा लिएको गाडीसहित किराना सामान, कम्प्युटर पार्टस, लेडिज कपडाहरु आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु