जीपको ठक्करबाट घाइते भएका पैदल यात्रुको मृत्यु

  सोमबार १०, असोज २०७९ १२:५०

धनगढी– कैलालीमा जीपको ठक्करबाट घाइते भएका एक जना पैदल यात्रुको मृत्यु भएको छ। सोमबार गोदावरीधाम नजिकै ग १ ज ६८५५ नम्बरको जीपले ठक्करबाट गोदावरी नगरपालिका–१ को भालुखोला बस्ने अन्दाजी ४५ वर्षीय सेकुराम चौधरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो। यस्तै जीपसहित चालक बाजुराको बडीमालिका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश बडुवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु