पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु , तीन जना घाइते

छिनोफानो   सोमबार १०, असोज २०७९ ०१:१६

  पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । वीरगञ्ज छपकैया इदगाह चोकमा चट्याङले लागेर आज बिहान तीन जना घाइते भएका थिए ।

तीमध्ये एक जनाको मृत्यु भएको हो । घाइते दुई जनाको उपचार भइरहेको छ । यस्तै, पर्साकै विन्दवासिनीको अमरपट्टीमा पनि चट्याङ् लागेर एक जना घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु