दशैं भत्ता कटौती गरेको भन्दै सेती अस्पतालका करार कर्मचारी आन्दोलित

छिनोफानो   मङ्गलबार ११, असोज २०७९ ०६:३१

धनगढी– सेती प्रादेशीक अस्पतालका करार कर्मचारी आन्दोलीत बनेका छन । विगतका बर्षहरुदेखी पाउँदै आएको दशै भत्ता यो बर्ष दशैको मुखमा आएर कटौती गरेको भन्दै उनिहरु आन्दोलित बनेका छन् ।

सेती अस्पतालमा कार्यरत दुई सय भन्दा बढी करार कर्मचारीले दशै भत्ता नपाएको भन्दै मंगलबार सेती अस्पताल भित्र प्रदर्शन गरेका छन । दरबन्दी अनुसारका नब्बे जनाले दशै भत्ता पाएको भएपनि अन्य दुई सय बढी करार कर्मचारीले भत्ता नपाएको भन्दै आन्दोलित बनेका हुन ।

यता अस्पताल प्रशासनले सुदूरपश्चि प्रदेश सरकारले २०७८ भदौ १५ गतेदेखि  प्रदेश विशेष प्रत्सोहान भत्ता रोकेको बताएको छ । स्वीकृत दरबन्दीका करार कर्मचारी बाहेक अन्य करार कर्मचारीलाई प्रत्सोहान भत्ता उपलब्ध गराउन नसकिने भन्दै अस्पताल प्रशासनलाई पत्र पठाएको थियो ।

कर्मचारी आन्दोलित बनेपछि उनिहरुलाई दशै भत्ता दिनका लागि प्रदेश सरकारसंग पहल गर्ने अस्पताल व्यवसथापनले जानकारी दिएको छ । स्वीकृत दरबन्दी बाहेकका कर्मचारीलाइ पनि दशै भत्ता उपलब्ध गराउन सरकारसंग पहल गर्ने प्रशासनले जनाएको छ । 

सरकारी अस्पतालमा कार्यरत करार कर्मचारीले सन्चय कोष बाहेकको सबै सेवा सुविधा पाउनु पर्ने प्रावधान भएपनि आफुले नपाएको आन्दोलित कर्मचारीको भनाइ छ । अरु कर्मचारी सरह काम गर्दै आएका करार कर्मचारीहरुले भत्ता स्वरुप पाउने प्ररिश्रमिक एकै नासको हुनु पर्ने उनिहरु को माग छ । प्रशासनले यसको सुनुवाइ नगरे थप आन्दोलन का कार्यक्रम गर्ने उनिहरुले चेतावनी दिएका छन् ।   

‘के करार सबै एउटैै होइनन् ? करारको पीडा कस्ले बुझ्ने ? फाल्तु भन्न पाइदैन, सक्छौ भने सम्मान गर्नु सकिन्न भने अपमान नगर्नु । नर्स सबै एउटै हुन कसैलाई हाई हाई सबैलाई बाइ बाइ नगर सरकारले, करारको जिम्मा कस्ले लिने अस्पतालले नलिए कस्ले लग्ने’ भन्दै उनिहरुले अस्पताल भित्र प्रदर्शन गरेका हुन ।

कोरोना महामारीको बेला संक्रमितसंग रातदिन खटेर सेवा प्रवाह गरेका  नर्स डाक्टरहरुले अहिले सम्म पनि कोरोना विमा बाफत पाउने एक लाख रुपैया  नपाएको उनिहरुको गुनासो छ । अस्पताल प्रशासनले करार कर्मचारी लाई राम्रो व्यहार नगरेको उनिहरुको आरोप लगाएका छन् । करार कर्मचारीलाई ‘फाल्तु करार’ भन्दै होच्याएको र यस्तो व्यवहार सहन नसकिने उनिहरुको भनाइ छ । 

कोरोना विमा बाफतको रकम पाएनन् 
कोरोना महामारीको बेला संक्रमितसंग रातदिन खटेका नर्स डाक्टरहरुले अहिले सम्म पनि कोरोना विमा बाफत पाउने एक लाख रुपैया नपाएको बताएका छन । 
संक्रमित विरामीको उपचारमा खटिएका धेरै डाक्टरहरु पनि संक्रमित भएका थिए । उनिहरुको अस्पताल प्रशासनले कोरोना विमा गराएको थियो । तर, विमा बाफतको पाउनु पर्ने रकम अहिले सम्म नपाएको उनिहरुको गुनासो छ । कोरोना महामारीको बेला आफ्नो ज्यान दाउँमा राखेर काम गर्दा पनि भत्ता बाफत ३०/३५ हजार चित्त बुझाउनु परेको उनिहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु