ज्ञान सहितको प्रतिनिधित्वका लागि मतदाता शिक्षा एवम् राजनीतिक सहभागिता तालिम

छिनोफानो   मङ्गलबार ११, असोज २०७९ ०७:५५

कैलालीमा मतदाता शिक्षा एवम राजनीतिक सहभागिता का बिषयमा जिल्ला स्तरीय प्रशिक्षण  तालिमको आयोजना गरिएको छ । जिल्लाको धनगढी स्थित नेत्रहिन युवा संघको आयोजनामा दुई दिने प्रशिक्षण तालिमको कार्यक्रमको आयोजना गरिएको हो ।


मंसिर चार गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन लाई लक्षित गर्दै अपाङ्गता भएका व्यक्ती को सहभागिता र मतदानको अधिकार लाई सुनिसीत गर्नै तालिमको अयोजना गरिएको नेत्रहिन युवा संघका अध्यक्ष अर्जुन रावलले जानकारी दिनुभएको छ । उनले मतदान का  क्रममा अपाङ्गता भएका व्यक्तहरु बाट धेरै मत बदर हुने सम्भावना हुने उल्लेख गर्दै त्यसको न्युनिकरण र मतदान गर्ने र मतदान प्रकुया बुझाउनका लागि संघले पहल गरिरहेको बताए ।

उनले जसको स्वभाव उसैको नेतृत्व भन्ने भनाई लाई समाजमा व्याभारिक रुप दिनका लागि प्रतिनिधित्व मात्र नभएर ज्ञान सहित को प्रतिनिधित्व गर्दै अगाडी बढ्न खोजी रहेको जानकारी दिए । साथै उनले तालिममा सहभागिहरुले यस तालिम पश्चात आ आफ्ना क्षेत्रमा गएर १२ जना लाई प्रशिक्षण दिने जसले फल स्वरुप आउदो निर्वाचन मा अपाङ्गता भएका व्यक्तीहरुको ज्ञान सहितको सहभागिता हुने विश्वास व्यक्त गरे  ।


प्रशिक्षण  तालिम ( युए.एस.आई.ए.डी) को आर्थिक सहयोग र (आइ.एफ.इ.एस) नेपालको सहकार्यमा नेत्रहिन युवा संघ द्धारा आयोजना गरिएको हो । तालिममा जिल्लाभर बाट शारिरिक अपाङ्गता भएका व्यक्ती , बहिरा संघ लगाएत ३३ जना को रहेको सहभागिता रहेको थियो ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु