सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु, एक घाइते

छिनोफानो   बुधबार १२, असोज २०७९ ११:२२

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गए राति कपुरकोट गाउँपालिका-३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । ज्यान गुमाउने धेरैजसो कपुरकोट-६ सिमवाङ्गका रहेको प्रारम्भिक अनुमान छ । घाइते तिलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अहिले ट्राफिक तथा इलाका प्रहरी कार्यालय कपुरकोट, लुहामको प्रहरीको टिम घटनास्थलमा पुगेर उद्धारमा जुटेको ट्राफिक कार्यालय कपुरकोटका प्रहरी सहायक निरीक्षक डिल्लीप्रसाद आचार्यले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु