जबरजस्ती करणीको आरोपमा बैतडीका एक पुरुष पक्राउ

  बुधबार १२, असोज २०७९ ०४:०२

एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा बैतडीका एक पुरुष पक्राउ परेका छन । सिगास गाँउपालिका – ५ घर भइ हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका – ९ बोडे बस्ने टेकबहादुर चन्दले आफ्नै घरमा काम गर्न राखेकी युवतीलाई जबरजस्ती करणी गरेको अरोपमा पक्राउ परेका हुन ।

उनीमाथि भक्तपुरमा रहेको घरमा काम गर्ने १९ बर्षिय युवतीलाई जबजस्ती करणी गरेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनले युवतीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ । पक्राउ परेका चन्दलाई अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु