धनगढीमा अपाङ्गता भएका व्यक्तिलाई नमुना मतदानको अभ्यास

छिनोफानो   बुधबार १२, असोज २०७९ ०७:१४

कैलालीमा मतदाता शिक्षा एवम राजनीतिक सहभागिताका बिषयमा जिल्ला स्तरीय प्रशिक्षण  तालिम सम्पन्न भएको छ । जिल्लाको धनगढी स्थित नेत्रहिन युवा संघको आयोजनामा दुई दिने प्रशिक्षण तालिमको सम्पन्न गरिएको हो ।
मंसिर चार गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन लाई लक्षित गर्दै अपाङ्गता भएका व्यक्ती को सहभागिता र मतदानको अधिकार लाई सुनिसीत गर्नै तालिमको अयोजना गरिएको नेत्रहिन युवा संघका अध्यक्ष अर्जुन रावलले जानकारी दिनुभएको छ । 
उनले तालिममा प्रशिक्षित भएका सहभागिहरुले मतदानका लागि ज्ञान सहित को प्रतिनिधीत्व गर्नका साथै राजनितिक सहभागिताका लागि तयार भएको बताए ।  तालिममा सहभागि सबैलाई नमुना मतदान गरी प्रशिक्षण गराइएएको हो ।
सरकार ज्ञान सहितको अपाङ्ग मैत्री निर्वाचनका लागि उदासिन देखिएको बताएका छन् । सरकारले शारिरीक अपाङ्ग भएका व्यक्तीहरु लाई मतदाता शिक्षा जस्ता कार्यक्रम ल्याउन कुनै पहल नभएको बताउनु भएको छ । 
उनले भने पटक पटक आश्वासन मै सिमित रहेको अपाङ्ग मैत्री निवार्चनको परिकल्पना लाई साकार पार्न तालिम  नेत्रहिन युवा संघको सानो प्रयास हो  । रावलले  जसको स्वभाव उसैको नेतृत्व भन्ने भनाई लाई समाजमा व्याभारिक रुप दिनका लागि प्रतिनिधित्व मात्र नभएर ज्ञान सहितको प्रतिनिधित्व गर्दै अगाडी बढ्न खोजी रहेको जानकारी दिए । 
धनगढीमा आयोजित दुई दिने तालिमले राजनीतिमा अपाङ्गगता भएका व्यक्तिहरुको सहभागिता र निर्वाचन केन्द्रलाई अपाङ्ग मैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा राम्रो ज्ञान पाएको अर्का प्रशिक्षर्थि कैलाली बहिरा संघका सदस्य चेतराज भट्टले बताए । 
तालिमबाट निर्वाचन र निर्वाचन प्रणलीका बारेमा जानकारी पाएको बम बहादुर विश्वकर्माले बताए । उनले पहिले अधिकांश अपाङ्गगता भएका नागरिकलाई निर्वाचन किन र के का लागि गरिन्छ मतपेटीका कस्तो हुन्छ भन्ने विषयमा जानकारी समेत थिएन तर हामीले तालिमबाट धेरै कुराको ज्ञान पाएको बताए ।
अपाङ्गता भएका व्यक्तिहरुको चुनावमा सहभागिता र मतदानको अधिकार सरकारले सुनिश्चित गर्नेछ भन्ने कुरामा ढुक्क भएको उनले बताए । 
अपाङ्गगता भएका व्यक्तिलाई राजनीतिमा सहभागिता गराउन सरकारी पक्षबाट कुनै पहल नभएको र अब आफैले प्रयास गरिरहेको हिरा रानाले बताइन । राजनीतिक पहुचमा अपाङ्गगता भएको कुनै व्यक्ति पुगेको भए सबै अपाङ्ग व्यक्तिले मतदाता अधिकारको प्रयोग गर्न पाउने उनले बताइन । 
साथै उनले तालिममा सहभागिहरुले यस तालिम पश्चात आ आफ्ना क्षेत्रमा गएर १२ जना लाई प्रशिक्षण दिने हुँदा आउदो निर्वाचनमा अपाङ्गता भएका व्यक्तीहरुको ज्ञान सहितको सहभागिता हुने विश्वास व्यक्त गरे । तालिममा जिल्लाभर बाट शारिरिक अपाङ्गता भएका व्यक्ती , बहिरा संघ लगाएत ३३ जना को रहेको सहभागिता रहेको थियो ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु