पुलिस स्कूल धनगढीद्धारा शुल्क नतिरेका विद्यार्थीलाई दशैं विदामा घर जान रोक

छिनोफानो   बुधबार १२, असोज २०७९ ०८:०१

नेपाल पुलिस स्कुल धनगढीले दशै बिदा सुरु भई सक्दा पनि शुल्क तिर्न बाँकि रहेका बिधार्थीलाई घर जान रोक लगाएको छ । विद्यालयको छात्र वासमा बसेर अध्ययन गरि रहेका विधार्थीहरुलाई घर जान नदिईएको एक अभिभावकले गुनासो गरेका छन् । 

एक जान क्यान्सर पिडित  आफ्नो बच्चा लिन विद्यालय पुग्दा उनलाई शूल्क नतिरे सम्म घर लान नपाईने भनियो त्यस पछि उनिले आफ्न्त लाई आईएमई मार्फत पैसा हाल्न लगाएर बच्चा लगेको बताए । 

यस्तै पितृ सोकमा परेका क्रिया बसेका एक अभिभावकले प्रहरी निरिक्षक माधव बिसी लाई सम्पर्क गरि एक महिनाको शुल्क बाकी रहेको र आफु किरिया बाट निस्केर तिर्ने  अनुरोध गर्दा पनि बि सी ले पठाउन नमिल्ने भन्दै बच्चा लिन पठाएका व्यक्ती लाई फिर्ता गरेको गुनासो गरे । उनले एक महिनाको शुल्क मात्र बाकी रहदा बिधालयले विधार्थी घर जान रोक लगाउनु उचित नभएको बताए ।

प्रहरी निरिक्षक माधव बिसिले शुल्क नबुझाउने विधार्थी लाई घर जान रोक लगाएको अभिभावकले जानकारी दिएका छन् । विधालयको लेखा साखा अनुसार उनले अहिले सम्मको शुल्कमा एक रुपया बाँकी रहे विधार्थी लाई घर नपठाउन आदेश दिएको पाईएको हो ।  

यो बिषयमा  विधालयका प्रधानाध्यापक  डिल्ली राज जोशीले एक महिनाको शुल्क नतिरेका विधार्थी लाई विधालयमै रोक्नु बेकुफीको संग्या दिएका छन् । उनले भने पहिले बाटै शुल्क नतिरेका बिधार्थीहरुलाई जानकारी गराएर शुल्क माग्नु स्वभावीक हो । तर, यसरी दशैंको मुखमा एक महिनाको शुल्क बाँकी रहेका बिधार्थीलाई घर जान रोक लगाउनु राम्रो होईन । साथै उनले विधालयले शुल्क उठाउने बिषयमा कुनै निर्णय नभएको प्रष्ट पारेका छन् ।

पूर्व जानकारी बिना यस्तो निर्णय गर्नु राम्रो नभएको अभिभावकको गुनोसो छ । विद्यालयले यस्तो निर्णय गर्नु पूर्व हामीलाई जानकारी गराएको भए सबै शुल्क तिर्ने थियौ । तर, दशैं विदा भएर सबै घर जाने बेलामा यस्तो निर्णय गरी विद्यालयलाई कमाउने भाडो बनाएको उनिहरुको आरोप छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु