दशैं मनाउन घर फर्किएका नेपाली भारतमा अलपत्र

छिनोफानो   बिहिबार १३, असोज २०७९ ०६:२१

भारतको बेङ्गलोरबाट दशै मनाउन घर फर्किदै गरेका नेपालीहरु बिचबाटोमा अलपत्र परेका छन । नेपाली संचालक रहेको श्री छबिस पाथिभेरा टुर एण्ड ट्रभलले संचालन गर्दैै आएको बस भारतको युपि स्थित झासी जंगलमा बिग्रीएपछि यात्रुहरु अलपत्र परेका हुन ।

बस संचालक भरत साउँदको लापरवाहीका कारण आफुहरु बिचबाटो मै अलपत्र परेको यात्रुहरुको गुनासो रहेको छ । बस बिग्रेको दुइदिन भइसक्दा समेत संचालक साउँदले नेपाल पठाउन कुनै पनि बैकल्पिक उपाए नअपनाएका कारण आफुहरु समस्यामा परेको उनिहरुले गुनासो गरेका छन ।  

झण्डै ६० जनाभन्दा बढीको संख्यामा रहेका उनिहरुले दुइदिन देखि खाना, पानि समेत नपाएको गुनासो गरेका छन । बस संचालक साउँदले बासी खाना खुवाएको र खानाको समेत दोब्बर पैसा लगेको उनिहरुको गुनासो रहेको छ । स–सान बालबालिका, बृद्ध बृद्धा लगायतकाले खाना, पानी नपाउँदा उनिहरु समस्यामा परेका छन । संचालक साउँदले उनिहरुबाट चर्कोभाडा समेत असुलेको उनिहरुले बताएका छन ।

बेंगलोर बाट न्युनतम भाडा दर दुइहजार भएपनि उक्त ट्रभलले भने पैतिस सय देखि सातहरुजार भाडा असुलगरेको उनिहरुको गुनासो रहेको छ । संचालक साउँदले मनोमानी भाडा असुलेको र खानाको पैसा समेत दोब्बर तिर्न लगाएको उनिहरुले बताएका छन ।

यस बिषयमा हामीले कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापालाइ जानकारी गराएपछि भारतिय प्रहरी प्रसाशन संग समुन्वय गरेर उनिहरुलाइ सहज नेपाल ल्याउन पहल गरिने बताएका छन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु