कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

  शुक्रबार १४, असोज २०७९ १२:५४

धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–७ को हरैया पुलस्थित भित्री सडकखण्डमा प्रदेश २–०२००३ प ७६७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३२ वर्षीय विवेक महतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालक ३६ वर्षीय सुनिल कुश्मी भने सामान्य घाइते छन् । मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु