आज मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

छिनोफानो   सोमबार २४, असोज २०७९ १०:१८

 

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी तालिका अनुसार आज (सोमबार) उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज र भोलि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरेर निर्णय हुनेछ ।
उम्मेदवारलाई नाम फिर्ताको लागि पर्सी २६ गतेको समय दिइएको छ । पर्सी २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने आयोगले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु