देश भर ६ हजार बढीले गरे मनोनयन दर्ता

छिनोफानो   सोमबार २४, असोज २०७९ १०:३०

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि देशभर शान्तिपूर्ण रुपमा मनोनयनपत्र दर्ता भएको जनाएको छ । एक सूचना जारी गर्दै आयोगले देशभर मनोनयनपत्र दर्ता गराएको उम्मेदवारको संख्या सार्वजनिक गरेको छ ।

आयोगका अनुसार प्रतिनिधि सभामा कुल २,१२८ जनाले उम्मेदवारी दिएका छन् । जसमा १,९३७ जना पुरूष र १९१ जना महिला छन् । प्रदेश सभातर्फ २,६०० पुरूष, २४४ महिला र एक जना अन्य गरी २,८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।
आयोगले उम्मेदवारी दर्ता गर्न बिहान १० बजेदेखि ५ बजेसम्मको समय उपलब्ध गराएको थियो । अहिले सार्वजनिक गरेको विवरण पनि कतिपय जिल्ला र निर्वाचन क्षेत्रबाट सञ्चार सम्पर्कमा सहज नभएकाले यकिन विवरण आउन बाँकी रहेको आयोगको भनाइ छ ।
सात वटा प्रदेश सभामध्ये सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा छन् । यस्तै सबैभन्दा कम उम्मेदवार कर्णाली प्रदेशमा छन् । प्रदेश १ मा ४९४, मधेस प्रदेशमा ७६७, बागमती प्रदेशमा ६३५, गण्डकी प्रदेशमा २२८, लुम्बिनी प्रदेशमा ४३७, कर्णाली प्रदेशमा ८१ र सुदूरपश्चिम प्रदेशमा २०३ जना उम्मेदवारहरू छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु