कैलालीमा ४२ जनाले दिए स्वतन्त्र उम्मेदवारी

रासस   मङ्गलबार २५, असोज २०७९ ०३:३१

अत्तरिया – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कैलालीमा एक सय ४४ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि ४८ र प्रदेशसभा सदस्य पदका लागि ९६ जनाको उम्मेदवारी परेको छ । कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेको छ ।

प्रमुख दलबाहेक ४२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जुन कुल उम्मेदवारीको करिब ३० प्रतिशत हुन आउन्छ । स्वतन्त्रबाट प्रतिनिधिसभामा १० र प्रदेशसभाका लागि ३२ जनाको उम्मेदवारी परेको छ । कैलालीको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका दुई स्वतन्त्रसहित १० जनाको उम्मेदवारी परेको छ । प्रदेशतर्फ १ ९क० मा सात राजनीतिक दलबाट छन् भने तीन स्वतन्त्र गरी १० जनाको उम्मेदवारी परेको प्रदेश ९ख० मा आठ राजनीतिक दलबाट छन् भने चार स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी परेको छ ।

कैलालीको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि नौ जना र प्रदेशसभातर्फ क्षेत्र नं २ ९क० मा एक स्वतन्त्र र आठ राजनीतिक दलका गरी नौ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नं २ को ९ख० मा चार स्वतन्त्र र सात जना राजनीतिक दलको गरी ११ जनाको उम्मेदवारी परेको हो । निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा दुई स्वतन्त्र र छ जना राजनीतिक दलका गरी आठ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ३ को ९क० मा दुई स्वतन्त्र र छ राजनीतिक दलका गरी आठ जनाको उम्मेदवारी परेको छ । त्यस्तै क्षेत्र नं ३ को ९ख० मा सात जना स्वतन्त्र र छ जना राजनीतिक दलका गरी १३ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभामा एक स्वतन्त्र र नौ राजनीतिक दलका गरी १० जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ४ को ९क० मा ६ स्वतन्त्र र सात राजनीतिक दलका गरी १३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै क्षेत्र नं ४ को ख० मा दुई जना स्वतन्त्र र चार राजनीतिक दलका गरी छ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभामा पाँच जना स्वतन्त्र र छ जना राजनीतिक दलका गरी ११ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं ५ को ९क० मा एक स्वतन्त्र र पाँच जना राजनीतिक दलका गरी छ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नं ५ को ९ख० मा एक स्वतन्त्र र सात राजनीतिक दलका गरी आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु