एमालेका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने बागी उम्मेद्वारहरु स्वतः पार्टीबाट हुने

छिनोफानो   बिहिबार २७, असोज २०७९ ०२:२७

नेकपा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने बागी उम्मेद्वारहरु स्वतः पार्टीबाट निष्काशित हुने भएका छन् । उम्मेदवारी दिने मात्रै नभएर उम्मेद्वारलाई प्रस्ताव गर्ने र समर्थन गर्ने पनि निष्काशित हुने पार्टी उपप्रमुख तथा प्रचारप्रसार विभाग प्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन् ‘हाम्रो पार्टी नेकपा ९एमाले० का उम्मेद्वारहरूका विरुद्धमा उम्मेद्वारी दिने, समर्थन र प्रस्ताव गर्नेहरू कमिटी र पार्टी सदस्यहरू स्वतसः पार्टीबाट निष्काशित हुने नीतिगत निर्णय यसअघि नै भइसकेको छ र यस सम्बन्धमा थप निर्णय गरिरहनु पर्ने छैन । पार्टी कमिटी र सदस्यबाट उनीहरूको अभिलेख सम्बन्धित कमिटीहरूले हटाउने छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु