कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

छिनोफानो   शुक्रबार २८, असोज २०७९ ०९:४३

धनगढी – कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान धनगढी उपमहानगरपालिका – १३ कैलालीगाँउ जाने भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३१ बर्षीय दुर्गा ओझाको मृत्यु भएको हो ।

उनले आफैले चलाएको से ६ प ३९३६ नम्बरको मोटरसाइकल नालामा पल्टेको अवस्थामा उनलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको भएपनि डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु