बैतडीमा छुटेका मुक्त हलियाहरुको तथ्यांक संकलन

छिनोफानो   आइतबार ३०, असोज २०७९ १२:२१

बैतडी-  बैतडीको पाटन नगरपालिकामा छुट मुक्त हलियाहरुको तथ्यांक संकलन गरिएको छ । सरकारले हलिया मुक्तिको घोषणा गरेपछि तथ्यांक संकलन गर्न छुटेका मुक्त हलियाहरुको तथ्यांक संकलन गरिएको नगरपालिकाकाले जनाएको छ । मुक्त हलिया महासंघ र पाटन नगरपालिकाले तथ्यांक संकलन गर्न छुटेका मुक्त हलियाको संयुक्त रुपमा तथ्यांक संकलन गरेको हो । 
नगरपालिका भरी एक हजार भन्दा बढी मुक्त हलियाहरुको तथ्यांक संकलन गर्न छुटेकाले अहिले तथ्यांक संकलन गरिएको नगरपालिकाकी निवर्तमान उपप्रमुख सरस्वती कोलीले बताइन् । छुट मुक्त हलियाहरुको तथ्यांक संकलन भएपछि  उनीहरुका लागि कार्यक्रम सञ्चालन गर्न सरकारलाई पनि सहज हुने कोलीको भनाइ छ ।  
हाल तथ्यांकमा संकलन गरिएका मुक्त हलियाहरुलाई अब परिचय पत्र वितरणको काम बढाउनुपर्ने जिल्ला हलिया मुक्ति समाजका अध्यक्ष रमेश कोलीले बताए । परिचय पत्र पाउन बाँकी रहेका छुट मुक्त हलियाहरुलाई परिचय पत्र दिनुपर्नेमा उनले जोड दिए । 
नगरपालिकाको पहिलो सरकारले छुट मुक्त हलियाहरुको तथ्यांक संकलन गरेको निवर्तमान उपप्रमुख कोलीले बताइन् । आफू पनि मुक्त हलिया परिवारको सदस्य भएको नाताले मुक्त हलियाका सवाललाई गम्भीरतापूर्वक लिएको उनले बताइन् । 
छुट मुक्त हलियाहरुको तथ्यांक संकलन भएपछि आफूहरुलाई खुसी लागेको स्थानीय गीता पहरीले बताइन् । 
नगरपालिकाले छुट मुक्त हलियाहरुको तथ्यांक संकलन गरिसकेको र अब परिचय पत्र वितरणको कामलाई अघि बढाउनुपर्ने दलित अधिकारकर्मी खेमराज लुहारले बताए । 
बैतडीमा १ हजार ५ सय ५९ जना मुक्त हलियाहरुले परिचय पत्र पाएका छन् भने झण्डै ५ हजार मुक्त हलियाहरु अझै तथ्यांकमा नसमेटिएको अनुमान गरिएको छ । तथ्यांकमा नसमेटिएकाहरुलाई जिविकोपार्जनमा समस्या रहेको यो क्षेत्रमा काम गर्नेहरुले बताएका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु